

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने निर्णय राजपत्रमा प्रकाशित (राजपत्रसहित)

काठमाडौं – सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ ।
सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो ।
उक्त संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ, अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ ।
कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र त्यसले वैधानिकता पाउने कानुनी व्यवस्था छ ।
मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।
संशोधित नियमावलीको नियम २० मा लेखिएको छ, ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ ।’
राजपत्रः

