प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन आज पनि जारी


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।

तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो ।

कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया