कानून व्यवसायीमाथि बल प्रयोग नगरियाेस्ः आयोग


काठमाडाैं – राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ।आयोगका प्रवक्ता टीकाराम पोखरेलले आजै विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीमाथि प्रहरीले गरेको लाठीचार्जप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरु आन्दोलनमा छन्।  २ मंसीरमा आन्दोलनका क्रममा प्रहरी र कानून व्यवसायीबीच भएको घम्साघम्सीमा बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ता प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएका छन्।

आयोगको टोलीले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर पुगेर घाइते अधिवक्ताहरूको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएको छ।

प्रतिक्रिया