अवैध लागूऔषध सहित पक्राउ


दाङ – राप्ती गाउँपालिका-१ भालुबाङ बजारबाट ८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४५ वर्षीया निर्मला चौधरी र ४० वर्षीय नरेन्द्र बहादुर जिसी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले निर्मलालाई ७ ग्राम ७ सय मिलिग्राम र नरेन्द्रलाई ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया