सर्वोच्च अदालतभित्र वकिलहरूको नाराबाजी
काठमाडौं – सर्वोच्च अदालतभित्र कानुन व्यवसायीहरूले नाराबाजी गरेका छन्।
उनीहरूले ‘चोलेन्द्र शमसेर राजीनामा आजै दे’, ‘भ्रष्टका मतियार होसियार’, ‘बार एकता जिन्दावाद’ ‘बार एकता जिन्दावाद’, विचौलियाको नाइके राजीनामा दे’ भन्दै नाराबाजी गरेका हुन्।
यसअघि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्धको आन्दोलनलाई आजदेखि देशव्यापी रूपमा थप सशक्त बनाउने निर्णय गरेको थियो। सोही अनुरूप बारले आजदेखि धर्ना सुरू गरेको हो।