अब काठमाडौं-नारायणघाट रुटमा पनि विद्युतीय सवारी सञ्चालन गर्दै
काठमाडौं – सुन्दर यातायात प्रालिले काठमाडौं– नारायणघाट रुटमा विद्युतीय माइक्रो चलाउने तयारी गरेको छ।
चार्जिङ स्टेशनको काम सकिएपछि केही दिन भित्रै त्यो रुटमा माइक्रो सञ्चालनमा ल्याउने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
डेढ महिनादेखि काठमाडौं–सिन्धुली बिजुली माइक्रो सञ्चालन गर्दै आएको कम्पनीले अब नयाँ रुटमा समेत चलाउने योजना बनाएको हो।
मंसिर महिनाभित्रै वुटवलमा पनि चार वटा विद्युतीय बस सञ्चालनको तयारी कम्पनीले गरिरहेको जानकारी दिएको छ। सुन्दर यातायातले काठमाडौंमा वातावरणमैत्री विद्युतीय सवारी सञ्चालन गर्दै आएको छ।