

मुगुको गमगढीमा भीषण आगलागी हुँदा २१ घर जलेर नष्ट, करोडौँको क्षति

मुगु – मुगुको सदरमुकाम गमगढीमा भिषण आगलागी भएको छ । सोमबार रातिदेखि लागेको आगो मङ्गलवार बिहान सम्म नियन्त्रणमा आउन सकेको छैन् ।
राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म ८० प्रतिशत नियन्त्रणमा आएको अझै आगो निभाउन नसकिएको भएको प्रहरी नायब उपरीक्षकको भनाई छ ।
आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए ।
लामाले बालेको दियोबाट सल्केको आगलागीले २१ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने मानवीय क्षतिबारे जानकारी नआएको अधिकारीहरूले जनाएका छन् ।
लस्करै जोडिएको घरहरू रहेकोले सेना, प्रहरी, सशस्त्र लगायत सबै जनशक्ति परिचालन गर्दा पनि नियन्त्रण गर्नै कठिन भयो प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतलेभने, ४ बजे नियन्त्रणमा त लियौँ तर ग्याँसहरू पड्किने देखि आगो अझै बलिरहेको छ
आगलागीबाट मानवीय क्षतिबारे जानकारी नआई सकेको भएपछि करोडौँको धनजन क्षति भएको हुनसक्ने अधिकारीहरूको भनाई छ ।

