अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल


काठमाडौँ – बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय बैङ्कले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ ।

यसअघि अर्थमन्त्री शर्माले क वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार गोविन्द रोकाले आजको छलफल नियमित भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया