रामाज्ञा चतुर्वेदीकी श्रीमती आशा भन्छिन्, ‘मेरो श्रीमानले आत्महत्या गर्नुभएको होइन’


काठमाडौं – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीको आत्माहत्या नभई रिंगटाका कारण लडेर मृत्यु भएको परिवारले बताएको छ । शुक्रबार मृतक चतुर्वेदीको परिवारले रिंगटा लागेर लड्दा उनको मृत्यु भएको पत्रकार सम्मेलनमार्फत जनाएको हो ।

चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीले विभिन्न सञ्चारमाध्यममा आत्माहत्या गरेर मृत्यु भएको भनी आएका समाचारहरू गलत भएको बताइन् । उनले प्रहरी अनुसन्धान, सीसीटीभी फुटेज, पोस्टमार्टम रिपोर्टले आत्महत्याका कारण मृत्यु नभएको देखाएको बताइन् ।

‘‘गत असोज २० गते कमजोरी भएर रिंगटा लागेर ओम अस्पतालमा उपचारका लगेका थियौँ । ल्याब परीक्षण गर्दा उनको सिडियम, उच्च रक्ताचापको समस्या देखिएको थियो,” उनले भनिन् ।

उनले आफ्रनो श्रीमान् चारतलामाथि रिंगटा लागेर आकाशतर्फ फर्केर तल खसेको बताउँदै उक्त घटना आत्महत्या नभई अचेत भएर लडेर मृत्यु भएको समाचार सम्प्रेषण गर्न समेत अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया