पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३९७ जना संक्रमित थपिएका हुन् ।

११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

३८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।७ प्रतिशत छ ।

त्यस्तै, काठमाडौँ उपत्यकामा १७१ थपिएका छन् । जसमध्ये काठमाडौँमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित छन् ।

प्रतिक्रिया