एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ।

केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ।

शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

बैठक बानेश्वरमा बस्ने भएको हो। विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्ने आजको स्थायी कमिटी बैठकको एजेण्डा रहेको छ।

प्रतिक्रिया