मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिने बताइएको छ ।

प्रतिक्रिया