प्रधानसेनापति शर्मालाई मानार्थ भारतीय सेनाध्यक्षको पदवी


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । आज (बुधबार) भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । आज दिल्लीस्थित राष्ट्रपति भवनमा सम्मान प्रदान गरिएको हो ।

नौ सदस्यीय प्रतिनिधिमण्डलका साथ प्रधानसेनापति शर्मा भारत भ्रमणमा छन् । त्यहाँ उनले उच्च राजनीतिक भेटघाट पनि गर्ने स्रोतहरुले जनाएका छन् । भारत भ्रमणको पहिलो दिन उनले भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेटवार्ता गरे ।

प्रतिक्रिया