प्रधानन्यायाधीशविरुद्धको आन्दोलन फिर्ताको माग गर्दै आन्दोलनरत पक्षलाई संविधान उपहार


काठमाडौं – कन्स्टिच्युसनल फोरम अफ नेपालले प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलाश बहिष्कार गर्ने न्यायाधीश र कानुन व्यवसायीहरूलाई नेपालको संविधान उपहार दिएको छ ।

इजलाश बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीश र कानुन व्यवसायीको आन्दोलनको विरोध गर्दै फोरमले नेपाल बार एशोसियसनलाई मंगलबार नेपालको संविधान उपहार दिएर ध्यानाकर्षण गराएको हो ।

फोरमले बारका पदाधिकारीलाई प्रतिकात्मक विरोधस्वरूप संविधान दिएको हो । बारलाई गराइएको ध्यानाकर्षणमा प्रधानन्यायाधीशको बहिर्गमन छुट्टै विधि र प्रक्रिया भएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिनुपर्ने, न्यायाधीशहरूलाई इजलास फर्कन बारको तर्फबाट आग्रह गर्नुपर्ने माग पनि राखिएको छ ।

त्यस्तै कानून व्यवसायीलाई बहस पैरवी गर्ने वातावरण बनाइनुपर्ने, न्यायपालिकाको समस्या समाधानको लागि उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्नुपर्ने, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्न पहल गर्नुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया