प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री देउवाले भ्रमणको औपचारिक जानकारी दिनुका साथै नियमित विषयमा केही निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया