
न्यायालय विवादबारे एमाले र कांग्रेसको वकिल संगठनले गरे एउटै माग
काठमाडौं – सर्वोच्च अदालतमा देखिएको विवादको विषयमा सत्तारुढ नेपाली कांग्रेस र विपक्षी नेकपा एमाले निकट कानुन व्यवसायी संगठन एक मत भएका छन् ।
नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) र नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले सर्वोच्च अदालतले अविलम्ब मुद्दाको सुनुवाइ गर्नुपर्ने भन्दै एक मत सार्वजनिक गरेका छन् ।
‘न्यायिक उपचार प्रदान गर्न संविधानले प्रदान गरेको सम्मानित कार्य र दायित्वबाट सर्वोच्च अदालतका माननीय न्यायायाधीश पन्छिन सर्वथा मिल्दैन’ दुबै संगठनले जारी गरेको अलग अलग विज्ञप्तिमा भनिएको छ, ‘न्यायिक मूल्य मान्यता र लोकतन्त्रका आधारभूत मूल्य मान्यता भन्दा बाहिर गई भए गरेका यस्तो कार्य तत्काल बन्द गरी सबै प्रकारका मुद्दाहरुको सुनुवाइ अविलम्ब गर्न आह्वान गर्दछौं ।’
दुबै संगठनले नेपाल बार एशोसिएसनले हाल गरिरहेको आन्दोलनमा आफूहरुको समर्थन रहेको पनि बताएका छन् । डेमोक्रेटिक लयर्स एशोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले कुनै पनि घटनाले सर्वोच्च अदालतमा इजलास रोकिनु नहुने आफूहरुको मत रहेको बताए ।
डीएलएको प्रेस विज्ञप्ति सहित :


हेर्नुहोस् प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको विज्ञप्ति ।





कागजपत्र |
