चालक अनुमतिपत्रः डेढ वर्षपछि कार्ड ल्याइँदै, मंसिरदेखि छपाइ सुरू गर्ने


काठमाडौं – सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार चालक अनुमतिपत्र छपाइका लागि कार्ड यही कात्तिक महिनाभित्र आउने भएको छ । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले चाँडो ल्याउन सहजीकरण गरिने विभागले जनाएको छ । कार्ड यही महिना ल्याइसक्ने व्यवस्था गरिए पनि लाइसेन्सको छपाइ  मंसिरदेखि सुरू गर्ने भएको छ ।

हाल विभागले विदेश जान लागेका नागरिक र सार्वजनिक सेवामा आवद्ध कर्मचारीका लागि स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । बाँकी लाइसेन्स मंसिर १ गतेदेखि प्रिन्ट सुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ । साथै सरकारले प्रदेश १ र २ बाहेक सबै प्रदेशमा डिजिटल प्रविधिको ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागेको जनाइएको छ ।

 

प्रतिक्रिया