प्रधानन्यायाधीशले बैंकिङ कसुरका मुद्दा पेसीमा चढाएपछि न्यायाधीशले बहिष्कार गरे इजलास


काठमाडौं– सर्वोच्च अदालतमा मंगलबार न्यायाधीशहरूले इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नचढाउन चेतावनी दिएका थिए।

तर प्रधानन्यायाधीश राणाले बैंकिङ कसुरको मुद्दा पनि न्यायाधीश मिरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा पेशी चढाएका थिए। अघोषित आन्दोलनमा रहेका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका अन्य मुद्दा पनि हेरेका छैनन्।

प्रतिक्रिया