पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ११ हजार ६६४ नमूनामा उक्त संख्यामा संक्रमण देखिएको हो ।

त्यस्तै गत २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४९० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४१६ पुगेको छ ।

नेपालमा अहिलेको अवस्थामा ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया