साहस उर्जा र तेह्रथुम पावर कम्पनी नेप्सेमा सूचीकृत


काठमाडौं – साहस उर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । अर्थात् यी दुई कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा किनबेचका लागि खुल्ला भएको छ । पहिलो दिन साहसको प्रतिकित्ता सेयर ४०५.३ रुपैयाँमा कारोबार भएको छ । कारोबार लगत्तै यसको भाउ क्रमिक रुपमा बढ्न थालेको छ ।

यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर पनि अधिकतम २५४ रुपैयाँ २ पैसामा खुलेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साहसको पहिलो कारोबारका लागि १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको थियो भने तेह्रथुम पावरका लागि ८४.७४ रुपैयाँदेखि २५४.२२ रुपैयाँसम्म रेन्ज दिएको थियो ।

यी दुवै कम्पनीको सेयर कारोबार नेप्सेले तोकेको ओपनिङ रेन्जको उच्चतम विन्दुबाट खुलेको हो । नेप्सेले साहसका लागि ‘एसएएचएएस’ र तेह्रथुम पावरका लागि ‘टीपीसी’ संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया