प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको नेतृत्वमा धर्ना


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज (आइतबार) धर्ना दिँदै छन् ।

बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै उनको राजीनामा माग गर्दै वकिलहरू आन्दोलित भएका हुन् ।

प्रतिक्रिया