एमालेको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने


काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो ।

आज बसेको बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया