राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई नेपाल बारले तोक्यो समय
काठमाडौं – कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई समय तोकेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले ५ दिने अल्टिमेटम दिँदै शुक्रबार कार्यसमितिको बैठकबाट दबावमुलक आन्दोलन घोषणा गरेको छ ।
आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । बार महासचिव लीलामणि पौडेल भन्छन्, ‘आफू उपर यत्रो प्रश्न उठेपछि सम्माननीय प्रधानन्यायाधीश जस्तो व्यक्तिले अस्तिकै दिन राजीनामा दिइसक्नु पर्ने थियो । नदिनु भएकाले यो कार्यक्रम घोषणा गर्नु परेको हो ।’
थप बद्नाम हुन नदिन आन्दोलनको अवधिभर जबराले राजीनामा दिइसक्ने बारको दाबी छ । उपाध्यक्ष रक्षा बस्यालले भनिन्, ‘राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं ।’ यसअघि पनि नेपाल बारले आन्दोलन गरेको स्मरण गर्दै नेपाल बारका महासचिव पौडेलले भने, ‘आन्दोलन नेपाल बार एशोसिएसनको रहर होइन, बाध्यता हो । समय क्रममा हाम्रा आन्दोलनले निश्चित निकास पनि दिएका छन् । हामी आशा र विश्वास गर्छौं, यो आन्दोलनले पनि एउटा निश्चित निष्कर्षमा पुर्याउनेछ ।’
बारले जारी गरेको विज्ञप्ति: