अफगानिस्तानलाई पुनः सहयोग शुरु गर्न विश्व बैंकलाई चीनको आग्रह


काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग अफगानिस्तानको पुनर्निर्माणमा सहयोग गर्न र पुनः आर्थिक सहयोग शुरु गर्न आग्रह गरेका छन् । उनले भने, ‘अफगानिस्तान पुनः आफ्नो खुट्टामा उभिनु जरुरी छ र यहाँको विकास सबैभन्दा प्रमुख प्राथमिकता हुनुपर्छ ।’

उनले भने, ‘अफगानिस्तान विकासको बाटोमा अघि बढ्न सकोस्, यही अपेक्षाका साथ विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले उसलाई दिँदै आएको आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सोच्नु आवश्यक छ ।’ युरोप भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीले बुधबार अफगानिस्तानका छिमेकी मुलुकका विदेशमन्त्रीको बैठकमा भर्चुअलरुपमा कुराकानी गरेका थिए ।

अफगानिस्तानका छिमेकी मुलुकबीचको यो दोस्रो वार्ता थियो । यसअघि गत सेप्टेम्बरमा इरानको नेतृत्वमा अफगानिस्तानका छिमेकी मुलुकबीचको पहिलो वार्ता भएको थियो। चिनियाँ विदेशमन्त्री यिले अफगानिस्तान चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को हिस्सा बन्न सक्ने बताएका छन् ।

प्रतिक्रिया