
यी हुन् बागमती प्रदेशका तेस्रो मुख्यमन्त्री पाण्डेका तीन सारथीहरु
हेटौंडा – नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे निवर्तमान मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशका तेसो नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुखले आज ३ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न दिएको समयावधि अगाडि नै पाण्डेले बुधबार साँझ आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
पाण्डेबाहेक अरु कसैले पनि दाबी प्रस्तुत नगरेकोले पाण्डेलाई ३ बजेपछि मुख्यमन्त्रीमा नियुक्त गरिने र त्यसलगत्तै सपथको तयारी गरिएको जनाइएको छ ।
पाण्डेले दिउँसो ३ः३० बजे मा सपथ लिने समय तय भएको शिव चाैलागाइँले जताए । सपथलगत्तै पाण्डेले आजै मन्त्रिपरिषद् समेत गठन गर्दैछन्।
पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, एकीकृत समाजवादीबाट कृष्ण खनाल र नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल मन्त्री बन्दैछन्। मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र खनाललाई सामाजिक विकास मन्त्रालय दिइने भएको छ भने भँडेललाई भाैतिक पूर्वाधार मन्त्रालय दिने टुंगो लागिसकेको जनाइएको छ ।



कागजपत्र |
