

सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने

काठमाडौँ – सर्वोच्च अदालतमा आज (बिहीबार) कुनै पनि सुनुवाइ नहुने भएको छ ।
पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो ।
रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा मुद्दाको पेसी तोकेका थिए ।

