एमाले स्थायी कमिटी बैठक आज


काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटी बैठक आज (बिहीबार) बस्ने भएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुने सचिव तामाङले जानकारी दिए ।

आज बस्ने बैठकमा वडा र पालिका अधिवेशनको समीक्षालगायत विषयमा छलफल हुने सचिव तामाङले जानकारी दिए । एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ ।

राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका लगायत विषयमा पनि आज स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिए ।

एमालेले दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ सम्म चितवनमा गर्दै छ। महाधिवेशनमा आउने प्रतिनिधि छनौट गर्नेलगायत काम गर्न एमालेले बाँकी नै छ ।

प्रतिक्रिया