टी-२० विश्वकपः इङल्याण्डको लगातार दोस्रो जित


काठमाडौं – इङल्याण्डले आइसीसी टी-२० विश्वकप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । सुपर १२ अन्तर्गत समुह १ मा रहेको इङल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १२५ रनको लक्ष्य पछाएको ईङल्याण्डले १४.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ईङल्याण्डका लागि जासन रोयले ६१ रन बनाएका थिए । रोयले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै डविड मलानले अविजित २८ रन बनाएका थिए भने जोस बटलरले १८ रन बनाएका थिए । त्यस्तै जोनी बेरस्ट्रवले अविजित ८ रन बनाए । त्यसैगरी बंगलादेशका बलर नासुम अहमद र् शोरिफुल इस्लामले एक-एक विकेट लिएका थिए ।टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो।

यो जितपछि इङल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । यसअघि पहिलो खेलमा इङल्याण्डले वेस्टइन्डिजलाई पराजित गरेको थियो । इङल्याण्डको २ खेलमा ४ अंक भएको छ र् अंक तालिकामा समुह १ मा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी बंगलादेशले सुपर १२ को खेलमा लगातार दोस्रो हार बेहोरेको छ । बंगलादेश आफ्नो पहिलो खेलमा श्रीलंकासंग पराजित भएको थियो ।

प्रतिक्रिया