


सीटीईभीटीको मौका परीक्षा मंसिरमा, आवेदन फारम खुला

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मौका परीक्षाको आवेदन फारम खुला गरेसँगै मंसिरमा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
परिषद्ले आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित विभिन्न विषयको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमतर्फ नियमति रुपमा उत्तिर्ण भई तेस्रो वर्ष र तेस्रो वर्ष दोस्रो खण्डमा कुनै एक विषय अनुतिर्ण भएका विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक मध्ये एक विषयको मौका परीक्षाको लागि आवेदन फारम खुला गरेको हो।
परिषद्ले मौका परीक्षा मंसिर महिनामा सञ्चालन गर्ने भएकाले यही कात्तिक २६ गतेभित्र नियमित शुल्क र मंसिर ३ गतेभित्र बिलम्ब शुल्क तिरेर आवेदन फारम भर्न सुचित गरेको छ। यसका साथै परिषद्को परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षाको नतिजाको प्रतिलिपि अनिवार्य रुपमा आवेदन फारमसँगै पेश गर्न सुचित गरेको छ ।

