साताको पहिलो दिन आइतबार दोहोरो अङ्कले बढेको नेप्से परिसूचक सोमबार ८७.६३ अङ्कले बढेर २ हजार ६ सय ७२.२५ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अङ्कले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।
दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ । कारोबार रकम दसैँ बिदा पछिकै सर्वाधिक हो ।