गोलाप्रथाबाट पेशी तोक्न प्रधानन्यायाधीश सहमत


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले मंगलबार देखि केही मुद्दामा नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि आइतबार बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् । भेटमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।

बारले २०७७ श्रावण २५ मै न्यायालय सुधारका लागि अनुरोध गरेको थियो । प्रधानन्यायाधीश जबराले न्यायालय सुधारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया