गृहमन्त्री खाण र कृषिमन्त्री यादवबीच भेटघाट, भयो यस्तो छलफल


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले कृषि तथा पशुपन्क्षी विकासमन्त्री महेन्द्र राय यादवसँग तीन दिनसम्म लगातार आएको वर्षातले कृषिमा पुर्याएको क्षतिबारे छलफल गरेका छन्।

गृह मन्त्रालयमा भएको छलफलमा खेती डुबानमा पर्दा क्षति व्यहोरेका किसानलाई राहत दिने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए।

‘तीन दिनसम्म आएको वर्षातका कारण कृषिमा भएको क्षति र क्षति व्यहोरेका किसानलाई राहत प्रदान गर्ने विषयमा कुराकानी भयो,’ गृहमन्त्री खाणले भने।

प्रतिक्रिया