एमालेको दशौं महाधिवेशन चितवनमा हुने


काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण बिष्टले जानकारी दिए ।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एकरएक जना प्रतिनिधि रहने ज्ञवालीले बताए ।

यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताएका थिए ।
यसैगरी एमालेको अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।

प्रतिक्रिया