कोरोना संक्रमित ९ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा ६६२ जनामा संक्रमण पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै २४ घण्टामा निको हुनेको संख्या ७५८ जना रहेको छ भने मृतक १३ जना रहेका छन् । हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैेगरी हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । यस्तै परीक्षण संख्या आधा करोड नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा हालसम्म एन्टिजेन र पीसीआर दुबै विधिबाट ४९ लाख ८० हजार १२३ जनामा कोरोना परीक्षण भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले सो संख्यामा परीक्षण गर्दा कुल संक्रमित ९ लाख ७ सय ४८ पुगेको जानकारी दिए । उनका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६ सय ९६ जना संक्रमित भएका छन् । त्यसमध्ये ७ लाख ८४ हजार १५५ जना निको भइसकेको पौडेलले जानकारी दिए ।

यस्तै हालसम्म कोरोनाबाट ११ हजार ३१८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिए ।

 

प्रतिक्रिया