

डोटीमा बाढी पहिरोमा परी १४ को मृत्यु, ४ सय ५० जना बिस्थापित

डोटी – असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् ।
जिल्लाको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक/एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
४ सय ५० जना बिस्थापित
जिल्लाभर घरबस्ती जोखिममा परेका कारण चार सय ५० विस्थापित भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दिपायल सिलगढी नगपालिका–७ कोईरेलीका तीन सय जना र केआईसिंह गाउँपालिका–४ मा एक सय ५० जना गरी चार सय ५० जना विस्थापित भएका छन् ।

