

धनकुटामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

धनकुटा– जिल्लाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्।
मध्यरातमा खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुर्दा उनीसहित नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
पहिरोमा परेका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर छ। ३३ बर्षीया उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र २८ बर्षीय चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्दार गरी उपचारको प्रबन्ध प्रहरीले मिलाएको छ।
उनीहरूलाई सेनाको हेलिकोप्टरबाट उद्दार गर्न लागिएको हो।

