

बिराटनगर विमानस्थल रनवेमा खोला पस्यो, सबै उडान रद्द

काठमाडौं– बिराटनगरस्थित विमानस्थलको रनवेमा केसलीया खोला पसेपछि काठमाडौं–बिराटनगरका आजका सबै उडान रद्द भएका छन्।
भारी बर्षा भएपछि आएको बाढी विमानस्थलमा पसेको बताइएको छ। यति र बुद्ध एयरले सूचना जारी गरी बुधबारका सबै उडान रद्द भएको जनाएका छन्।
आइतबारदेखि निरन्तर बर्षा भइरहेको छ। बर्षाका कारण पूर्वी नेपाल तथा पश्चिम नेपालका तराईका भूभाग प्रभावित भएका छन्।

