आईपीएल : फाइनल खेल आज हुँदै, चेन्नई र कोलकाताबीच प्रतिस्पर्धा हुने


एजेन्सी – युएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा छ ।

उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो ।

इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ । कोलकाताले पनि दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो ।

पछिल्लो पाँच खेलमा चेन्नईले ४ जित निकाल्दा कोलकाताले एक पटक जितेको छ ।

लिग चरण अन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो । यस्तै सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो ।

कोलकाताविरुद्ध चेन्नई उक्त जितलाई कायम राख्ने योजनामा हुनेछ । कोलकाता भने चेन्नईविरुद्ध फाइनलमा बदला लिन चाहन्छ ।

प्रतिक्रिया