मनकामना केबलकार दसैँमा दुई दिन बन्द


काठमाडौं – मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ। गोरखा जिल्लामा रहेको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान (शक्तिपीठ) हो।

मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको विश्वास छ। यो मन्दिरमा दसैँमा पूजा गर्न आउने सर्वसाधारणको ठूलो भीड लाग्छ। यहाँ प्रत्येक वर्षको दसैँमा र विषेश अष्टमीका दिन बलि चढाइन्छ।

चितवनको कुरिनटारदेखि मन्दिरसम्म पुग्नेगरी वि.सं. २०५५ मा मनकामना केबलकार निर्माण भएको हो। यो नेपालकै पहिलो केबलकार परियोजना हो। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित यो केबलकारको दूरी ३.०२ किलोमिटर छ।

प्रतिक्रिया