
पूर्वराजा ज्ञानेन्द्र शाहको सूचना!
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिडको समस्या देखाउँदै वडादशैंका अवसरमा विगतका बर्षहरूमा गर्दै आएको केही काम स्थगित गरेको सूचना जारी गरेका छन्।
एक वक्तव्य निकाल्दै उनका तर्फबाट महाअष्टमीमा हुने विभिन्न शक्ति पिठहरूको पूजा अर्चना स्थागित गरिएको छ।
यसैगरी विजय दशमीको दिन सर्वसाधारणलाई टिका लगाउने कार्यक्रमलाई पनि यस पटक स्थगित गरिएको निर्मलनिवासले जारी गरेको सूचनामा भनिएको छ।



कागजपत्र |
