जनकपुरमा लोसपा युवाहरुद्वारा चीनविरुद्ध प्रदर्शन


काठमाडौं – जनकपुरमा लोसपा नेपाल निकट युवा संघले छिमेकी राष्ट्र चीनविरुद्ध प्रर्दशन गरेको छ। चीनले नेपाली भूमि मिचेको भन्दै विस्तारवाद नीतिको विरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको लोसपाका युवा नेता प्रशान्त झाले बताए।

नेपाल सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको माग राखी ‘नेपाली भूमि अतिक्रमण गर्न पाइँदैन’ भन्ने मुल नाराको साथ आज विरोध प्रदर्शन गरिएको हो।

नेपालको ७ जिल्लाको ११ ठाँउमा चीनद्वारा विस्तारबाद नीति अन्तर्गत नेपालको हुम्ला जिल्लाको लाप्चासहित विभिन्न जिल्ला र विभिन्न ठाउँको नेपालको भूमि अतिक्रमण गर्नुको साथै हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन विरोध गरिएको झाले बताए।

चीनमा पढिरहेको विद्यार्थीलाई इन्टरन सीप नगाराइ स्वदेश पठाइ वेवारिसे छोड्ने चीन सरकारको नीति र नियत नेपालप्रति खोट रहेको र अबिलम्ब यस्ता प्रवृतिलाई चीन सरकारले सुधार गर्नुपर्ने र फिर्ता लिन आग्रह गरिएको छ।

यदी माग पूरा नभए आन्दोलन रुप भयावह हुने झा बताउँछन्। जनकपुरका लोसपा नेता निशान कुमार यादव, सुमन यादव, देव मण्डल, बलराम मुखिया र झाको अगुवाइमा विरोध प्रदर्शन भएको हो।

प्रतिक्रिया