आज विश्व बसोबास दिवस


काठमाडौं – सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम ९युएन ह्याविट्याट० को आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

‘तीव्र सहरी क्रियाकलापको लक्ष्य स् कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाउन लागिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताए ।

दिगो विकास लक्ष्यको लक्ष्य १।१ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । यस वर्षको नाराले सहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो सहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्बन उत्सर्जन गर्ने गरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ । वातावरणमैत्री सहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विभागको भनाइ छ ।

विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् १९९० देखि हालसम्म सहरी जनसङ्ख्या चार गुणाले बढेर ४।२ अर्बभन्दा धेरै पुगेको छ । सहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ ।

विश्वका सबै देशले बजेटको ठुलो हिस्सा सहरीकरणमा खर्च गर्दै सहरी व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन् । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिने उनले जानकारी दिए ।

कार्यक्रममा व्यवस्थित सहरी विकास, स्मार्टसिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ । कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इन्जिनियरिङ अध्ययन संस्थान, ललितपुर महानगरपालिका, पूर्व सचिव किशोर थापालगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकालेसमेत विविध कार्यक्रम आयोजना गर्न लागेको विभागले जनाएको छ । दिगो र वातावरणमैत्री सहरी विकासमा जोड दिँदै ती कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया