१० जिल्लाका सीडिओको सरुवा, कास्कीमा आचार्य (सूचीसहित)


काठमाडौं– गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ)को सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय बैठकले सह–सचिव र उप सचिव गरी १६ जनाको काज सरुवा गर्ने निर्णय गरेको हो।

कास्कीको सीडिओमा जयनारायण आचार्य, भोजपुरमा कमलराज ढकाल, लमजुङमा सुशिल वैद्य र डोटीमा शंकरबहादुर बिष्टलाई सरुवा गरिएको छ।

मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्र प्रसाद आचार्य, डडेलधुरामा मोहनराज जोशी, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैशी र तेह्रथुमको सीडिओ अनोजकुमार घिमिरेलाई बनाइएको छ।

केन्द्रीय कारागारका जेलर फेरिएका छन्। उपसचिव डोरेन्द्र निरौलालाई केन्द्रीय कारागार सरुवा गरिएको छ।

प्रतिक्रिया