एमाले संवादबाट भाग्न खोज्यो – मन्त्री कार्की


काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताएका छन् ।

आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकमा एमालेले बहिस्कार गरेको छ । बैठकपछि मन्त्री कार्कीले एमाले वार्ताबाट भाग्न चाहेको देखिएको बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीलाई समेत बोलाइएको भन्दै बैठकमा सहभागी नभएको एमालेले जनाएको छ । नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया