सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’
काठमाडौं – सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगमा चलेको मुद्दाको आज तोकिएको इजलास ‘हेर्न नमिल्नेमा’ गएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार)का लागि पेसी तोकिएको उक्ता मुद्दा हेर्न नमिल्नेमा गएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा आज सुनुवाई हुने तयारी थियो ।
सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक–पटक पेसी चढ्दै आए पनि किनारा भने लाग्न सकेको छैन ।