थप उपचारका लागि माओवादी केन्द्र नेता वर्षामान थाइल्यान्डतर्फ


काठमाडौं – विगत केही दिनदेखि अस्वस्थ्य भएका नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्।

आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई जण्डिसको समस्या देखिएको थियो । उनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ।

नेता पुनसँगै पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्। चार वर्षअगाडि पनि जण्डीसको समस्या देखिएपछि बैंककमै उपचार गरिएको थियो ।

प्रतिक्रिया