

माओवादी केन्द्रका इटहरी उपमहानगर इञ्चार्ज भए चुडाल

इटहरी– नेकपा माओवादी केन्द्रले इटहरी उपमहानगरपालिका इञ्चार्जको जिम्मेवारी युवा नेता मदन चुडाललाई दिएको छ। अखिल क्रान्तिकारीका केन्द्रीय पूर्वउपाध्यक्ष चुडाल सुनसरी जिल्ला कमिटी सदस्यसहित युवा विभागको जिम्मेवारीमा पनि छन्।
पार्टीले दिएको जिम्मेवारीलाई बलियो र दरिलो हिसाबले दर्विलो संगठन निर्माणमा आफ्नो भूमिका हुने चुडाल बताउँछन्। ‘पार्टीलाई आगामी चुनावमा बलियो उपस्थितिसहित जिताउनुपर्ने चुनौति छ, त्यसलाई कुशल अवसर बनाउने प्रयत्न रहनेछ’, उनी भन्छन्।
युवाहरूले पाएको जिम्मेवारीलाई पद मात्र नभनी संगठनात्मक सुधार र परिचालनका निम्ति अवसरका रुपमा लिनुपर्ने चुडालको भनाई छ। उनले इटहरीको स्थानीय सरकारका कामलाई पनि रेकी गर्ने जिम्मेवारी अब संगठनको रहने बताए।

