
अमानवीय रूपमा हेइटीका आप्रवासीलाई फिर्ता गरिएपछि अमेरिकी विषेश दूतद्वारा राजिनामा
पोर्ट ओ प्रिन्स – हाइटीका लागि अमेरिकी विषेश दूतले बिहीबार आकस्मिकरूपमा राजीनामा दिएका छन् । नियुक्ति भएर जिम्मेवारी सम्हालेको दुई महिनामै विषेश दूत डानियल फुटले राजीनामा दिएका हुन् ।
अमेरिका र मेक्सिकोको सिमा क्षेत्रमा हाइटीबाट आएकाहरूको विषयमा भएको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ ।
उनले भने, ‘हाइटीका हजारौँ शरणार्थी तथा अवैध आप्रवासीलाई अमेरिकाबाट हाइटी पठाउन खोजिएको छ । वाइडेन प्रशासनको सो निर्णयलाई मैले अमेरिकी प्रतिनिधिको रुपमा सहजीकरण गर्न सकिन ।’ उनले विदेश मन्त्रीलाई पठाएको राजीनामा पत्रमा हाइटीमा आफ्नो ज्यान जोगाउन पनि कठिन रहेको उल्लेख गरेका छन् ।
अमेरिकाको सो निर्णयले हाइटीका जनतालाई आक्रोशित बनाएकाले उनीहरूले कुटनीतिक मर्यादा भूलेर आफुमाथि आक्रमण गर्न सक्ने उहाँले चिन्ता व्यक्त गरेका छन् ।
उनले पत्रमा लेखिएको छ, ‘आप्रवासी तथा शरणार्थीहरुमा बस्ने शिविर, खाद्य पदार्थ, पैसालगायत अत्यावश्यक चीजको नै अभाव रहेको छ, त्यसैले उनीहरूमा आधारभूत सेवाको सङ्कट छ ।’
कतिपय शरणार्थीहरू मानसिक समस्यामा रहेको र कतिपयले आपराधिक क्रियाकलाप गर्ने अवस्था रहेको पनि उनले उल्लेख गरका छन् ।



कागजपत्र |
