

नेपाल बारको १५औँ सम्मेलन पोखरामा हुने

काठमाडौं – नेपाल बार एसोसिएनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ ।
कानून व्यवसायीको सम्मेलन आगामी मंसिर २४, २५ र २६ गते पोखरामा १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।
‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चताः व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ । बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ ।
बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो ।

