रञ्जितलगायत विद्यार्थी नेताले प्रचण्डलाई भेटेपछि तय भयो अखिल क्रान्तिकारीको सम्मेलन


काठमाडौं– अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सम्मेलन मिति तय गरेका छन्।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीले १४, १५ र १६ असोजमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। जसलाई प्रचण्डले उद्घाटन सम्बोधन गर्नेछन्।

राष्ट्रिय सम्मेलनको तयारी स्वरुप अखिल क्रान्तिकारीले यसअघि विभिन्न जिल्ला सम्मेलन सम्पन्न गरिसकेको छ। विद्यार्थी मोर्चालाई अझ बलियो बनाएर संगठन र पार्टीलाई तिव्रताका साथ अगाडि बढाउने तयारीमा अखिल क्रान्तिकारी रहेको तामाङ बताउँछन्।

तमाङसहित उपाध्यक्ष दिपेश पुनःलगायतका विद्यार्थी नेता प्रचण्ड निवास खुमलटार पुगेका थिए।

प्रतिक्रिया